निर्वाचनमा गए काँग्रेसलाई राम्रै हुन्छ : शेरबहादुर देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले संसद विघटनलाई सदर गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको बताएका छन् ।
अदालतले चुनाव गराउने निर्णय गरेको खण्डमा सबैले भाग लिने भन्दै देउवाले निर्वाचनमा गए काँग्रेसलाई राम्रै हुने बताएका थिए। काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।