प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर बसदैन्


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन् ।
नेता प्रकाशमान सिंहले विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने बताएका छन्।

संसद् विघटनको विरुद्धमा कांग्रेसले देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा गरिरहेको विरोधसभा अन्तर्गत काठमाडौं १ ९क० मा आयोजित विरोध सभामा सिंहले ओलीले निर्वाचन नगराउने बताएका हुन्। उनले ओलीको असंवैधानिक कदम सच्चाउनुको विकल्प नभएको समेत बताए।
झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको र प्रधानमन्त्रीले जबरजस्त रुपमा अधिकार दुरुपयोग गरेर प्रतिनिधि सभा विघटन गरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *