सोनु सुदविरुद्ध प्रहरीमा उजुरी,घरलाई होटेल बनाएको आरोप


अभिनेता सोनु सुद कानुनी झमेलामा फसेका छन् । उनीविरुद्ध बीएमसी (बृहन्मुम्बई महानगरिपालिका)ले प्रहरीमा उजुरी दर्ता गरेको हो । अनुमतिविना आफू बसिरहेको घर (भवन) होटेलमा रुपान्तरण गरेपछि उनी कानुनी झमेलामा फसेका हुन् ।

उनले कोरोना संक्रमण सुरु भएदेखि निरन्तर आजसम्म पनि समस्यामा परेका सर्वसाधारणलाई सहयोग गरिरहेका छन् । यहीक्रममा हालै उनले कोरोनाभाइरससँग लडिरहेकाहरुका लागि आफ्नो घर होटेलमा परिणत गरेका हुन् ।
महाराष्ट्रको राजधानी मुम्बईको सरकारी नागरिक संस्था बीएमसीबाट अनुमतिबेगर नै सोनुले यसो गरेपछि उनीविरुद्ध जुहु प्रहरीमा उजुरी दर्ता गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *