नेकपा ओली समूहले गरेयो भीम रावललाई कारवाही
काठमाडौँ। नेकपा ओली समूहले सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावललाई कारबाही गरेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षले सुदुरपश्चिम प्रदेश कमिटी विस्तार गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पार्टीको खाताबाट पैसा निकालेकाले रावललाई कारवाही सिफारिस गरिएको हो ।‘बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावललाई कारबाही गर्न सिफारिशसमेत गरेको बताइएको छ,’ थापाले फेसबुकमा लेखेका छन्।
त्यस्तै प्रदेश कमिटी विस्तार भएको छ। प्रदेश कमिटीको चौथो विस्तारित बैठकले बुधबार प्रदेश कमिटी विस्तार गरी पाँच सय ५१ सदस्यीय बनाएको हो ।सुदुरपश्चिम प्रदेश संयोजकमा ओली पक्षले लेखराज भट्टलाई प्रमुख बनाएको छ।