ओलीले संविधानलाई क्षतविक्षत पारे : माधव कुमार नेपाल


काठमाडौँ। नेकपा ‘दाहाल-नेपाल’ पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई क्षतविक्षत पारेको आरोप लगाएका छन् ।नेकपाले बुधबार काठमाडौंमा गरेको अन्तरक्रियामा नेता नेपालले संविधानमा व्यवस्था नै नभएको संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानलाई क्षतविक्षत पारेको आरोप लगाएका हुन ।


ओलीको कदम असंवैधानिक भएको भन्दै नेपालले त्यसले लोकतन्त्रका मूल्य मान्यतामाथि चोटिलो प्रहार भएको बताए। ‘यो प्रतिगामी कदम पनि हो’, उनले भने।ओलीले घरमा झगडा भएपछि घरै भत्काइदिने प्रवृत्ति देखाएको समेत आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *