सिंगटी हाइड्रो इनर्जीलाई आईपिओ निष्काशन अनुमति
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस २१ गते शेयर निष्काशनको अनुमति दिएको हो ।
यस संगै अब कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल ४३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ । जस मध्ये १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयको लागि र बाँकि २९ लाख कित्ता सर्वसाधारणलाई निष्काशन हुने छ । शेयरको सार्वजनिक निष्काशन सम्वन्धि सम्पुर्ण कार्य बिक्रि प्रबन्धकको रुपमा मेगा क्यापीटलले गर्नेछ ।
कम्पनीले दोलखाको कालिञ्चोक गाउँपालिका-२ बाबरे र विगू-५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।