अमेरिकी संसद भवनमा ट्रम्पका समर्थकको आक्रमण


काठमाडौँ ।राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण गरेका छन् ।
नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न लागिरहँदा ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेका आक्रमण गरेका हुन् ।

ट्रम्पका समर्थक अन्धाधुन्ध आक्रमणमा उत्रिएपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन गोली चलाएको छ । घटनामा एक महिलाको मृत्यु भएको वासिङ्टन पोष्टले जनाएको छ ।

ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गरेको भिडियो सन्देश ट्वीटर र फेसबुकले हटाइदिएको छ। उक्त भिडियोमा ट्रम्पले तपाईहरुलाई परेको पीडा मलाई थाहा छ। मलाई तपाईहरुको चोट थाह छ भनी सम्बोधन गरेका थिए।
उक्त घटनापछि कडा सुरक्षाकाबीच अमेरिकी संयुक्त सदन चलेको अमेरिकी मिडियाहरुले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *