लोकतन्त्रको बिउबाट कसरी तानाशाह जन्मियो ?:कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काअध्यक्ष कमल थापाले संसद विघटनले थप संवैधानिक जटिलता सिर्जना गरेपछि व्यक्ति नभई बाटो फेर्नुपर्ने तर्क गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले लोकतन्त्रको बिउबाट कसरी तानाशाह जन्मियो भनेर प्रश्न गरेका छन् ।उनले लेखेका छन्, ‘अहिले सर्वसत्तावादरअधिनायकवाद हावी भयो, लोकतन्त्र खतरामा छ भनिन्छ । लोकतन्त्रको बिउबाट कसरी तानाशाह जन्मियो ? १४ वर्षको राजनीतिक/संवैधानिक अभ्यासबाट संघीयता/गणतन्त्र/धर्मनिरपेक्षताको औचित्यमाथि प्रश्नचिह्न खडा भएको छ । संसद विघटनले थप संवैधानिक जटिलता सिर्जना भयो । व्यक्ति होइन, बाटो फेरौं ।’