चुनाव भए पो चुनाव लड्नुहुन्छ : बाबुराम भट्टराई


जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने दाबी गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरिएको छ । तर डा. भट्टराईले चुनाव नगराउने दाबी गरे । बुधवार काठमाडौंमा गरिएको अन्तर्क्रिया कार्यक्रममा डा. भट्टराईले भने, ‘चुनाव भए पो चुनाव लड्नुहुन्छ । लेखेर राख्नुस्, केपी शर्मा ओलीले चुनाव गराउँदै गराउँदैनन् ।’

नेपाली कांग्रेसका कतिपय नेताहरूले घोषित चुनावमा सहभागी हुनुपर्ने र चुनावको तयारी गर्नुपर्ने अभिव्यक्ति दिइरहेका बेला डा। भट्टराईले चुनाव नहुने तर्क गरे ।
उनले ओलीसँग कुरा नमिल्दा प्रचण्ड-नेपालहरूले सहकार्य गर्न खोजेपनि फेरि ओलीसँग कुरा मिल्दा आन्दोलन अलपत्र छाडेर जानसक्ने आशंका गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *