एकता कमजोर पार्नेलाई जनताले कहिल्यै माफी दिने छैनन्


धनुषा। उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को एकतालाई कमजोर पार्नेलाई जनताले कहिल्यै माफी नदिने बताएका छन ।नेकपा धनुषाद्वारा जनकपुरधामको मिथिला भवन परिसरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा सचिवालय सदस्य पोखरेलले पार्टी एकता कमजोर गर्ने काम स्वीकारयोग्य हुन नसक्ने धारणा राखे ।
उपप्रधानमन्त्री पोखरेलले भने, “पार्टी एकता प्राणभन्दा पनि प्यारो छ, म अन्तिम क्षणसम्म पनि पार्टी एकताकै पक्षमा दृढ रहनेछु ।”

उनले जनता विभाजनका पक्षमा नरहेकाले पार्टी एकताविरुद्ध लाग्ने तथा पार्टी र सरकारलाई गतिहीन बनाउन आकाङ्क्षा राख्नेलाई जनताले दृढताका साथ सामना गर्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *