नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन


नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको १३ प्रतिशत बोनस सेयर पछि प्रतिकित्ता ४७८ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ५४० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकको ३४औं वार्षिक साधारण सभा माघ ८ गते, बिहीबार हुँदैछ ।
सभामा सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर र ५.५० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *