अलीबाबा समूहका सञ्चालक ज्याक मा बेपत्ता


अलीबाबा समूहका सञ्चालक ज्याक मा दुई महिनायता बेपत्ता भएको डेलिमेलले जनाएको छ ।गत अक्टोबरमा संघाईमा गरेको भाषणमा ज्याकले चीनका वित्तीय नियामक तथा सरकारी बैंकको चर्को आलोचना गरेका थिए । सरकारी बैंकको चर्को ब्याजले नयाँ काम सुरू गर्नेहरूलाई हतोत्साही गरेको भन्दै सरकारको तिखो आलोचना गरेका थिए ।

उनको आलोचना सरकार र चिनियाँ कम्युनिष्ट पार्टी लक्षित भएको ठान्दै चीन सरकारले ज्याकमाका व्यवसायमा त्यसयता नै प्रतिबन्ध लगाएको पनि दाबी गरिएको छ ।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *