प्रधानमन्त्री कप महिला क्रिकेटको च्याम्पियन प्रदेश १


प्रदेश नं एक साविक विजेता तथा विभागी टोली एपिएफलाई हराउँदै सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि-२० क्रिकेट प्रतियोगिता च्याम्पियन बन्न सफल भएको छ ।

आइतबार फाइनलमा एपिएफलाई ६ रनले हराउँदै प्रदेश एक पहिलो पटक च्याम्पियन बनेको हो । जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले २० ओभरमा ७ रन बनाउँदै ९९ रन बनाउन सक्यो ।
जितका लागि अन्तिम ओभरमा १३ रन चाहिएको एपिएफ उक्त रन जोड्न सफल भएन । स्पिनर संगिता राईले २ विकेट लिँदै ६ रन खर्चेपछि प्रदेश एक च्याम्पियन बन्न सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *