नेकपा फुटको प्रमुख कारण प्रचण्डको अभियोगपत्र : अर्थमन्त्री पौडेल


काठमाडौं। नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले संसद पुनःस्थापनाको कुनै संभावना नभएको बताएका छन् । नेकपा ओली समूहले बुटवलमा आयोजनाको गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई संम्बोधन गर्दै महासचिव पौडेलले संसद पुनःस्थापना हुने कुनै संवैधानिक आधार नभएको भन्दै संसद पुनःस्थापनाको कुनै सम्भावना नरहेको बताएका हुन् ।

पार्टीको समस्या समाधान गर्न प्रधानमन्त्री ओलीले धेरै त्याग गर्न तयार भए पनि अर्का अध्यक्ष प्रचण्ड सत्ता र शक्त्तिको स्वार्थको कारण संम्भव नभएको जानकारी दिए ।
संसद विघटन र नेकपा फुटको प्रमुख कारण अध्यक्ष पुष्पकमल दाहालको अभियोग पत्र नै भएको भन्दै बचाउको लागी प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले यो कदम चाल्नु परेको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *