कमब्याकका लागि ४ वर्ष लगाएका नायक श्रेष्ठ यसपटक सफल

नायक सुशील श्रेष्ठले अभिनय गरेको फिल्म ‘आउटलः दफा २१९’ हलमा लागिरहेको छ । यो फिल्मले बक्स अफिसमा राम्रै कमाई गरेपछि नायक सुशीलको चर्चा पनि चुलिएको छ । फिल्महरूको भिडमा परेपनि ‘आउटलः दफा २१९’ले छुट्टै स्थान बनाएपछि धेरैको ध्यान नायक सुशीलमा परेको हो ।लगातार फिल्म असफल भएपछि कमब्याकका लागि ४ वर्ष लगाएका नायक श्रेष्ठ यसपटक सफल देखिएका छन् । उनले, फिल्म मेकरको ध्यान तानेको देखिएको छ । वुझिएअनुसार, सुशीलले २ वटा फिल्म साइन गरिसकेका छन् । विशेषगरि, एक्सन जनराका फिल्म बनाउने तयारीमा रहेका अधिकांश निर्माताको रोजाइमा सुशील परेका छन् ।
नेपाली फिल्मका नाम चलेका मेकरहरु पनि सुशीलको संभावना बलियो देखिएको भन्दै उनी अब फिल्म क्षेत्रमा शक्तिशाली रुपमा स्थापित हुने विश्लेषण गरिरहेका छन् ।
यसैले, आउँदो वर्ष सुशीलको हातमा फिल्मको लाइनअप राम्रै हुने देखिएको छ । नायक श्रेष्ठ भने दर्शकहरुले दिनु भएको अपार मायाले आफू उत्साहित भएको बताउँछन् ।