बंगलादेशले जित्यो साफ यु-२० च्याम्पियनसिपको उपाधि


घरेलु टिम नेपालविरुद्ध ४–१ को सहज जित निकाल्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मिराजुली इस्लामले दुई गोल गरे । मोहम्मद रब्बी हुसेन राहुल र मोहम्मद पिएस अहमेद नोभाले समान एक गोल गरे । नेपालका समिर तामाङले एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा इस्लामले फ्रीकिक मार्फत गोल गर्दै बंगलादेशलाई अग्रतामा राखेका थिए । उनले पेनाल्टी बक्सबाहिर आएको फ्रीकिकलाई सोझै गोलमा परिणत गरेका थिए ।

बंगलादेशले दोस्रो हाफमा दुई गोल थप्यो । ५५औँ मिनेटमा इस्लामले नै गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाए । ७१औँ मिनेटमा राहुलले गोल गरेपछि घरेलु टिमविरुद्ध बंगलादेशले ३–० को अग्रता बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *