चलचित्र ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने


दिवाकर भट्टराई निर्देशित चलचित्र ‘मायावी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने भएको छ ।

तिहारको बिदाको अवसर पारेर रिलिज डेट लिइएको हो । यद्यपि, निर्देशक भट्टराईले यसबारे औपचारिक जानकारी भने दिएका छैनन् ।चलचित्रको मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं छन् । लभस्टोरी सिनेमामा आफूलाई प्रमाणित गरिसकेका भट्टराई मायावीलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मान्छन् ।

पल र दीपिकासँगै सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ ।राज कटुवाल र चन्द्र पन्त चलचित्रका निर्माता हुन् । ‘मायावी’मा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ ।

निर्देशक भट्टराई स्वयंको लेखन रहेको सिनेमाको कथा पोखराको परिवेशमा तयार पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *