चलचित्र ‘हन्टर’ निर्माणको घोषणा


अभिनेता अरुण क्षेत्री एक्सन अवतारमा पर्दामा आउने भएका छन्।सोमबार उनको एक्सन भूमिका रहने ‘हन्टर’ सिनेमाको घोषणा भएसँगै अरुणलाई एक्सन अवतारमा हेर्न पाइने भएको हो।सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरियो। डेब्यू निर्देशक जीवन सिंहले निर्देशन गर्ने सिनेमाको छायाँकन पश्चिम नेपालमा हुनेछ।कुक इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मले सुदूरपश्चिमको कथा भन्नेछ। निर्देशक सिंहले सिनेमा वास्तविक पात्रमाथि बनेको बताए।

‘यो वास्तविक पात्रको कथाबाट प्रभावित छ। तर, हामी ‘सिनेम्याटिक लिवर्टी’ लिएर कथा भन्ने छौँ। वास्तविक पात्रको कथामा ‘फिक्सन’ मिसाइनेछ। जसले फिल्मलाई रोचक बनाउनेछ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *