यी जिल्लाका नदीमा आज बहाव उल्लेख्य बढ्ने


देशका केही ठूलासाना नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन संखुवासभा, मकवानपुर, पर्सा, चितवन, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, लमजुङ र कास्की भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ । यी जिल्लाका केही नदीमा महाशाखाले आकस्मिक बहावको जोखिमको पूर्वानुमान गरेको छ ।

इलाम, झापा, सोलुखुम्बु, सिन्धुली, धादिङ, रसुवा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, बारा, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, मुगु, दैलेख, सुर्खेत, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बझाङ, बैतडी, दार्चुला, डडेलधुरा र डोटी भई बहने केही साना नदीमा पनि बहाव बढ्ने अनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने महाशाखाको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *