पोस्टरमै अटाएको सूर्यमूखी फूलको सस्पेन्स खुल्ने दिन असोज ११


नेपाली चलचित्र आँखा’ आगामी असोज ११ गते रिलिज हुने भएको छ । निर्माण टिमले पोस्टरको नयाँ लुक्स सार्वजनिक गर्दै असोज ११ गतेबाट सिनेमा रिलिज हुने घोषणा गरेको हो । लामा सिनेमाजले निर्माण गरेको यो सिनेमाले सामाजिक विषयवस्तुलाई केन्द्मा राखेको छ।

सार्वजनिक गरिएको पोष्टरमा अभिनेत्री स्मिता लामिछाने र आरके मेहतालाई प्रस्तुत गरिएको छ । सुकुम्बासी बस्ती र सूर्यमुखी फूललाई पृष्ठभूमि बनाएर पोस्टरमा उतारिएको छ।

ढाका टोपी सिनेमास्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको सिनेमालाई जौन योञ्जन ले निर्देशन गरेका हुन्।चलचित्रमा स्मिता र आरकेका अलावा निशा अधिकारी, वुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बरालको पनि भूमिका रहनेछ । प्रसन राइलाई बाल–कलाकारको रुपमा देख्न सकिनेछ । निर्देशक योञ्जनकै कथा, पटकथा रहेको सिनेमाका निर्माता पनि उनै आफै हुन् ।

नारायणप्रसाद बराल कार्यकारी निर्माता रहेको सिनेमामा राम बस्नेत लाइन प्रोड्युसरको रुपमा छन् । रेनुका कार्की यस चलचित्रकी सह–निर्माता हुन् । यो सिनेमामा कृष्ण भण्डारी र निर्देशक योञ्जनको सम्पादन, आलोक शुक्लाको छायांकन, दीपक आरजे र जयन जे वाइवाको संगीत रहेको छ ।सिनेमालाई आरआर सिनेमास्ले देशभर वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *