सकियो दयाहाङको ‘कार्साङ’को छायांकन


चलचित्र ‘कार्साङ’को छायांकन सकिएको छ । यम शेर्पाको निर्देशनमा निर्माण भएको चलचित्रको छायांकन २२ दिनमा सकिएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा छायांकन गरिएको निर्माणपक्षले जानकारी दिएको छ ।

कलाकारहरूको बलियो लाइनअप रहेको चलचित्र ‘कार्साङ’लाई यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण गरिएको हो ।

चलचित्रमा दयाहाङ राई, सिर्जना निङ्लेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पाको अभिनय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *