कांग्रेस–एमालेबीचको सहमतिमा शंका नगरौँ


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग भएको सहमतिमा शंका नगर्न आग्रह गरेका छन् । कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको स्मृतिसभामा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफू र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको सहमति नलुकाइएको बताए ।

गठबन्धन बन्दा कसैले दबाब नदिएको उनको भनाइ छ । “कुनै पनि शंका उपशंका गर्न जरुरी छैन । ओली पनि प्रजातान्त्रिक सिद्धान्तमा पक्षमा हुनुहुन्छ । कांग्रेस हुने नै भयो । यो चाहिँ हाम्रो बीचमा अत्यन्तै सोच विचार गरेर भएको सहमति हो,” उनले भने ।

देउवाले उपराष्ट्रपति नै राष्ट्रियसभाको अध्यक्ष बन्ने विषय संविधान संशोधनको एजेन्डाभित्र पर्ने बताए । दुई पार्टीबीचको गठबन्धन अरुको खिलापमा नगरिएको भनाइ देउवाको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टीलाई एकसाथ लैजाने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *