नेपाल र बङ्गलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा


काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समुह ए बाट नेपाल र बङ्गलादेश सेमिफाइनलमा पुगेका छन् ।

समुह ए अन्तर्गत मंगलबार सम्पन्न खेलमा बङ्गलादेशले श्रीलंकालाई २-० ले पराजित गरेसँगै नेपाल र बङ्गलादेश सेमिफाइनलमा पुगेका हुन् । समुह ए का दुवै खेलमा हार बेहोरेपछि श्रीलङ्का भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आइतबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा समुह ए मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो भने सोमबार भएको समुह बी को खेलमा भारतले भुटानलाई १-० गोलले पराजित गरेको थियो ।

समुह ए मा पहिलो खेलमा नेपालसँग पराजित भएको श्रीलङ्का सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ भने बङ्गलादेशले आफ्नो पहिलो खेल खेल्दै छ ।नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बङ्गलादेश र श्रीलङ्कासँगै रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *