फिल्म ‘आँखा’ असोज ११ गतेबाट रिलिजमा आउने


सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण कम्पनी लामा सिनेमाजले फिल्मको नयाँ लुक्स सार्वजनिक गर्दै असोज ११ गतेबाट फिल्म रिलिज हुने जानकारी दिएको छ । यो फिल्म सोलो रिलिज हुनेछ ।सार्वजनिक पोष्टरमा फिल्मका मुख्य दुई कलाकार स्मिता लामिछाने र आरके मेहतालाई प्रस्तुत गरिएको छ । सुकुम्बासी बस्ती र सूर्यमुखी फूललाई पृष्ठभूमि बनाएर पोस्टर तयार पारिएको छ । निर्देशक जौन योञ्जनले पोस्टरमार्फत फिल्मले उठाएको कथावस्तु खुलाउन खोजेको देखिन्छ । ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्मलाई आरआर फिल्मस्ले देशभर वितरण गर्नेछ ।

यो फिल्ममा निशा अधिकारी, वुद्दि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल मुख्य भूमिकामा छन् । प्रसन राइलाई बाल–कलाकारको रुपमा देख्न सकिनेछ ।

निर्देशक योञ्जनकै कथा, पटकथा रहेको फिल्मका निर्माता पनि उनै हुन् । नारायणप्रसाद बराल कार्यकारी निर्माता रहेको फिल्ममा राम बस्नेत लाइन प्रोड्युसरको रुपमा छन् । रेनुका कार्की सह–निर्माता हुन् ।

यो फिल्ममा कृष्ण भण्डारी र निर्देशक योञ्जनको सम्पादन, आलोक शुक्लाको छायांकन, दीपक आरजे र जयन जे वाइवाको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *