पार्टीबाट हराएका केही मान्छेहरुले सभा गरेछन् : ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट हटाएका मान्छेहरुले विभिन्न स्थानमा भेला गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
“हाम्रो पार्टीबाट हराएका केही मान्छेहरुले एउटा सभा गरेछन्,” उनले भने, “त्यहाँ त दुईवटा दर्शनढुंगा ठोक्किएजस्तो भएछ । पेरिसडाँडामा १५ जना पत्रकार सम्मेलन गर्नुभएको छ। पेरिसडाँडामा के के चलेको छ । प्रदेश स्तरीय भेला । अलि अलि मान्छे सीसीमा रत्नपार्कमा औषधि बेच्नेले पनि जम्मा गर्छ ।
उहाँहरुको भेला त्योभन्दा बढी हुँदैन । टाउको दुखेको, पेट दुखेको, गलेका खसखस सबैको औषधि त्यहीँ पाइन्छ । त्यहाँ पनि त्यति मान्छे जान्छन् ।”
निर्वाचन आयोगमा निवेदन हालेछन् असली हामी हौँ भनेर। सूर्य चिह्न हामीलाई दिनुस् भनेर । जसको घर हो उ निवेदन हाल्न जान्छ ? जसको जमिन हो उ निवेदन हाल्न जान्छ ? जसको गाडी हो उ मेरो हो भनेर जानुपर्छ ?
काठमाडौंमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।आफनो भाषणको अधिकांश समय उनले दुई नेतालाई गाली गर्नमै खर्चिएका थिए ।