ईश्वर पोखरेलको कटाक्ष, निर्वाचनमा दुई ठाउँबाट हार्ने प्रधानमन्त्री चाहिने!
काठमाडौं । उपप्रधान मन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको कार्यशैलीले पार्टी विभाजनको अवस्थामा पुगेको बताएका छन् ।
काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “प्रचण्ड र माधव नेपाललाई यति धेरै पार्टी चलाउँदा पनि किन धित मरेको छैन ?,” उनले भने, “केपी ओलीले नयाँ मान्छेलाई नेतृत्व दिउँ भन्दा चुँ पनि गर्नुहुन्न ।
माधव कमरेड भन्नुहुन्छ, उधारो हुँदैन । के भनेको हो त्यो ? नगद चाहिन्छ रे नगद ? निर्वाचनमा दुई ठाउँबाट हार्ने प्रधानमन्त्री चाहिने, महाधिवेशनमा हार्ने अहिले नेतृत्व नगदमा चाहियो रे ? आफनो भाषणको अधिकांश समय उनले दुई नेतालाई गाली गर्नमै खर्चिएका थिए ।