जनताले कांग्रेस-एमालेलाई ‘काले-काले मिलेर खाउँ भाले’ भन्ने बुझेका छन्


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको बताएका छन् ।

शनिबार  पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

‘पार्टी सरकारमा हुँदा सुशासन, सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ । भ्रष्टाचारका विरूद्व सुशासनको पक्षमा इतिहासमै महत्वपूर्ण काम भएका छन् । बजेट निर्माणमा पनि उत्पादनमा जोेड दिन खोजिएको छ । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो,’ उनले भने ।

अध्यक्ष प्रचण्डले भने, ‘संसद्‌मै हालका प्रधानमन्त्रीले माथिबाट कांग्रेससँग बोलचाल खुलाउनुपर्‍यो भनेर भन्ने अनि तलबाट शेरबहादुरजीले खुलाउने–खुलाउने भनेपछि मैले कुरा बुझिहालेँ र मैले त्यतिबेलै तपाईंहरू मिल्नुस् भनेको थिएँ । पछि त काले–काले मिलेर खाउँ भाले भयो । जनताले पनि त्यहीँ ढंगले बुझेका छन् ।फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले पार्टी एकताबद्ध भएर जनताकोमा जाने बताए । उनले भने–’पदाधिकारी र स्थायी कमिटी बैठकमा सबै कुरा खुलेर राखौं भनेर खुलै विषय राखियो। कतिपय कमरेडहरू त झण्डै दुई घण्टा नै बोल्नुभयो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *