संविधानले प्रधानमन्त्रीको होइन, संसद्‌को सर्वोच्चताको मान्यता राख्छ


काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले सत्तारुढ नेकपाभित्रको विवादले प्रतिनिधिसभा विघटन गरेकामा आपत्ति जनाएका छन् । उनले राष्ट्रियसभाको बैठकमा संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था नै नभएको भन्दै प्रधानमन्त्रीको सर्वोच्चता कायम गर्न खोजिएको टिप्पणी गरे ।

“संविधानको सर्वोच्चता हो कि प्रधानमन्त्रीको सर्वोच्चता ?” देवाले प्रश्न गर्दै भने, “यो संविधानले प्रधानमन्त्रीको होइन संसद्‌को सर्वोच्चताको मान्यतालाई स्थापित गरेको छ ।
यो प्रधानमन्त्रीय व्यवस्था होइन । ”उनले कार्यकारी प्रधानमन्‍त्रीले जनताको अधिकारमाथि आक्रमण गर्न नपाउने जिकिर पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *