पार्टीहरू उत्तर र दक्षिणीमुखी भएकाले देशले निकास पाएन


नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालका पार्टीहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् ।

आइतबार रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवल गरेको साक्षात्कार कार्यक्रममा उनले ठूलो त्याग र बलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरूकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको समेत बताए ।

देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरू धराशायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको र सरकारले उठाएका भ्रष्टाचारका ठूला फाइलहरूको हालसम्म कुनै टुङ्गोमा पुर्‍याउन नसकेको उनले बताए ।

उनले भ्रष्टाचारका फाइल निकालेर सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको जिकिर गरे ।त्यस्तै उनले नयाँ भनिएका शक्तिहरूको उपयुक्तता नहुने भन्दै अब देशको विकासका आफ्नो पार्टीलाई नयाँ वैकल्पिक पार्टी बनाउने दृढताका साथ अगाडि बढेको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *