वायु प्रदूषण भयावह, नेपालीले गुमाइरहेका छन् ४.६ वर्ष आयु


एक महिनायता काठमाडौंसहित देशका केही सहरहरूको वायु प्रदूषणको तह उच्च छ । विशेषगरी काठमाडौं उपत्यकामा वायुको गुणस्तर सूचकांक एक्यूआई दैनिक १५० भन्दा माथि नै छ ।

आइतबार साँझ ५:३० बजे वातावरण विभागको सूचकांकले काठमाडौंको शंखपार्कमा एक्यूआई १९२ पुगेको देखाएको छ । उपत्यकाका भक्तपुर, खुमलटार, कीर्तिपुर, रत्नपार्कलगाइका स्थानमा एक्यूआई १३० देखि १६० सम्म देखिएको छ ।

उपत्यकाबाहिर भरतपुर, पोखरा र कर्णालीको रारा क्षेत्रमा समेत एक्यूआई १५० भन्दा माथि रहेको सूचकांकले देखाएको छ ।एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा तथा पीएम २.५ जाँचिन्छ । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।विश्व स्वास्थ्य संगठनले पीएम वायुमा २.५ (पर्टिकुलेट म्याटर) औसतमा दैनिक ५ माइक्रोग्राम प्रति क्युबिक मिटरभन्दा बढी हुन नहुने मापदण्ड राखेको छ । तर, नेपालमा अहिले पीएम २.५ दैनिक औसत ६९ मााइक्रोग्राम प्रति क्युबिक मिटरसम्म भइरहेको विभागको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *