दक्षिणपन्थीसँग मिलेर स्वार्थको गठजोड यात्रा : केपी शर्मा ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई दक्षिणन्थीसँग मिलेर सरकार बनाउन खोजेको आरोप लगाएका छन् ।
३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल रुपमा सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाए ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने , दक्षिणपन्थीसँग मिलेर पार्टी फुटाएर अनि कुन समाजवाद क्रान्ति गर्नुहुन्छ ?उनले पार्टी फुटेको स्वीकारेनन् । तर, प्रचण्ड र नेपाल एकीकृत पार्टीबाट भने अलग्गिएको बताए ।
उहाँहरु पार्टी फुट्यो भनेर हिँडिरहनुभएको छ । पार्टी फुटेको होइन । उहाँहरु बैठकमा नआएर आफैं अलग्गिएर कुद्नु भएको हो।