प्रदेश २ : नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


काठमाडौं । नेकपा विभाजनको असर प्रदेश २ मा पनि परेको छ । प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको छ । प्रदेश संसदीय दलको विधान-२०७५ अनुसार २५ प्रतिशत सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्न पाउँछन् ।

प्रदेशसभा सदस्य शत्रुघ्‍न महतोका अनुसार बहुमत सदस्यहरूले नै अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । प्रदेशसभामा नेकपाका ३२ सांसद छन् ।अहिले अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय मात्र गरेको र आइतबार बैठक बसेर हटाउने एक नेताले बताए । प्रदेश २ मा जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *