कुनै पनि प्रकारका लोडसेडिङ हुंदैन् (विज्ञप्तिसहित) : नेपाल विद्युत् प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले कुनै पनि प्रकारका लोडसेडिङ नहुने बताएको छ।
केहि दिन यता विभिन्न मिडिया तथा अनलाइन पत्रिकाहरुमा अघोषित लोडसेडिङ शुरु भएको हल्ला चल्न थालेपछि प्राधिकरणले बिहीबार विज्ञप्ति नै निकालेर सञ्चारमाध्यममा छापिएका समाचारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्राधिकरणले ३ वर्षअघि नै नेपाल लोडसेडिङमुक्त भइसकेको उल्लेख गर्दै फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको पनि स्पष्ट पारेको छ।
नेपाल विद्युत् प्राधिकरणको पूरा विज्ञप्ति