‘रंगेली’ले पायो प्रदर्शन अनुमति


चलचित्रकर्मीहरुको चौतर्फी विरोधपछि केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र ‘रंगेली’लाई प्रदर्शन अनुमति दिएको छ ।

सेन्सर बोर्डले आइतबार निर्माण पक्षलाई पीजी (प्यारेन्टल गाइडेन्स) प्रमाणपत्र प्रदान गरेको हो । शीर्षकमा आपत्ति जनाउँदै गत बिहीबार बोर्डले प्रमाणपत्र दिन अस्वीकार गरेको थियो ।

रंगेली नगरपालिकाको नामबाट फिल्मको नामकरण गरिएकाले सेन्सर बोर्डले सो स्थानीय तहको स्वीकृती पत्र माग गरेको थियो ।

यो विषयलाई लिएर चलचित्रकर्मीबाट तीव्र आलोचना भएपछि सेन्सर बोर्डले लचकता देखाएको बुझिएको छ । स्थानीय तहको स्वीकृती पत्र बिना नै सेन्सर बोर्डले प्रमाण पत्र दिएको चलचित्रका कार्यकारी निर्माता जितेन्द्र खतिवडाले जानकारी दिए ।अर्जुन सुबेदीको लेखन र निर्देशन रहेको सो फिल्ममा दयाहाङ राई, अर्पण थापा, प्रवीण खतिवडा, मिरुना मगर, रुपेश झालगायतको अभिनय रहेको छ । फिल्म २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *