‘रुसी सेनामा भर्ना भएका नेपाली फर्काउने प्रयास जारी छ’


परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी रहेको बताएका छन् । रुसी सेनामा भर्ना भएका नेपालीका आफन्तसँग मंगलबार परराष्ट्र मन्त्रालयमा भएको छलफलमा उनले आफ्नो तर्फबाट उनीहरूलाई फिर्ता ल्याउन कुनै पनि कमजोरी नहुने बताए ।

“कानुनीरूपमा गएको भए हुन्थ्यो । अवैधरूपमा गएका छन् । जसरी गएका भए पनि उनीहरूका प्रति राज्यको दायित्व छ,” परराष्ट्रमन्त्रीले भने, “आफ्ना नागरिकप्रति सरकार सधैँ जिम्मेवार हुनुपर्छ, हुन्छ । उहाँहरूलाई फिर्ता ल्याउन कुनै पनि कमीकमजोरी हुने छैन । इमान्दारितापूर्वक प्रयास गरिरहेको छु, गरिरहने छु ।”रुसी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा लडाइँमा मृत्यु भएकाको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, मस्कोस्थित नेपाली दूतावासले क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेको मन्त्री साउदले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *