ललिता निवासको जग्गा खाली नगर्न महानगरलाई उच्च अदालतको आदेश


उच्च अदालत पाटनले ललिता निवास क्षेत्रको जग्गा खाली गराउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।

विशेष अदालतको फैसलापछि फागुन ९ गते महानगरले सात दिनभित्र ललिता निवासको जग्गा खाली गर्न सूचना निकालेको थियो ।

विशेष अदालतबाट फागुन ३ गते भएको फैसलाको पूर्णपाठ नआएको र कार्यान्वयनको बाटो नखुल्दै महानगरले सूचना जारी गरेको भन्दै रेणुका बज्राचार्य, महेशराजा तुलाधर, ऊँबीरमान ताम्राकारले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश प्रकाश खरेलको इजलासले अन्तरिम आदेशसहित कारण देखाऊ आदेश जारी गरेको हो ।

अन्तरिम आदेशसँगै महानगरको निर्णय कार्यान्वयनमा बाधा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *