चलचित्र ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु


चलचित्र ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु भएको छ । नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो ।

कृषा चौलागाईंको निर्देशनमा निर्माण हुने चलचित्रको आजबाट पहिलो चरणअन्तर्गत १५ दिन छायांकन थालिएको हो । नवलपरासीपछि बुटवल र नेपालगञ्जमा समेत छायांकन हुने निर्देशक तथा निर्मात्री कृषा चौलागाईंले बताइन् ।

सिनेमाको पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव विष्ट र बालकलाकारको भागको छायांकन गरिनेछ । मुख्य अभिनेता प्रदीप खड्का र सौगात मल्ल सिनेमाको दोस्रो सेड्युलमा मात्रै जोडिने निर्माण पक्षले जनाएको छ ।

सनेमाको तीन चरणमा छायांकन हुनेछ । यसपछि सिनेमाको बाँकी छायांकन वैशाख र असार–साउनमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *