नामिबियासँग नेपाल दुई विकेटले पराजित


आईसीसी क्रिकेट वर्ल्डकप लिग-२ अन्तर्गत जारी खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ। १६९ रनको सामान्य लक्ष्य पाएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नामिबियाका लागि गेराल्ड इरामसले सर्वाधिक ५२ रन बनाए भने जे जे स्मिथले नटआउट ३४ रन बनाए। यस्तै माइकल भन लिङ्गेनले ३१ तथा रुबेन ट्रम्पेलमनले १६ रनको योगदान दिए।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा १६८ रन बनाएको थियो। बलिङमा नेपालका लागि कुशल भुर्तेलले ५ ओभर बलिङ गर्दै २८ रन खर्चिएर ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, ललित राजवंशी र कुशल मल्लले एक/एक विकेट लिए। आजको खेलमा राजवंशी सबैभन्दा महँगा सावित भए। ७ ओभर बलिङ गरेका उनले ४७ रन खर्चिए।

पहिले ब्याटिङमा नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाए। उनले आउट हुनुअघि ६४ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे।

यस्तै कुशल मल्लले ३६ रन बनाए। भीम सार्कीले २६ रन बनाउँदा कुशल भुर्तेल १८ रन बनाएर आउट भए। अनिल साह पनि आज शून्यमा आउट भए।

कप्तान रोहित ९ बल खेलेर शून्यमा आउट भए। उनलाई नामिबियाका लोप्टिइटनले क्याच आउट गराए। यसघि अनिल शाह र देव खनाल पनि खाता नखोली आउट भएका थिए। नेपालले तेस्रो विकेटका रूपमा देव खनाललाई गुमाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *