प्रचण्डविरुद्ध किन यसरी खनिए लेखराज भट्ट?


काठमाडौँ। उद्योगमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफू काँधमा काँध मिलाएर अघि बढेको बताएका छन्।उनले एकतामा विश्वासघात प्रचण्डले गरेको आरोप लगाए।‘उहाँहरुलाई खोजेर ल्याउनु पर्ने अवस्था आएको छ,’ उनले भने। उनले क्रमभंग, महाविपत्ति ल्याउने काम प्रचण्डले ल्याएको बताए।

उनले भने, ‘प्रचण्डले जहिले पनि महाविपत्ति ल्याउनुहुन्छ।अहिले सडकमा महाविपत्ति ल्याउनु भएको छ।’
प्रचण्डले अहिले प्रधानमन्त्री चाहियो भन्दै माइतीघर मण्डलामा केटाकेटीझैँ लडिबुडी गरिरहेको उनले आरोप लगाए।

प्रचण्डले युद्धमा भएका घाइते, सहिद परिवार र बेपत्ताका परिवारलाई नसम्झेको पनि उनले बताए।
‘आफ्नो पार्टीका नेताविरुद्ध जालझेल गरेर अविश्वासको प्रस्ताव दर्ता गर्न खोज्नुले नै अस्थिरता उत्पन्न भएको हो। सत्यनिरुपण आयोग किन प्रचण्डले नटुंग्याएको?’ उनको प्रश्न छ।

प्रचण्डले ओलीविरुद्ध ल्याएको प्रस्ताव विचार नभएको उनले आरोप लगाए। दुई तिहाइ भएको पार्टीको सरकारको खुट्टा प्रचण्डले ताने उनले भने।

प्रचण्डको चिन्तनमै गडबड भएको उनले आरोप लगाए। प्रचण्डले कुनै बेला आफ्नै गुरुलाई हटाएको आरोप पनि भट्टको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *