गोपी कृष्ण मुभिज् बन्द हुने
![](https://newsdailynepal.com/wp-content/uploads/2024/02/65c5ec2246ec8_gopikrishnanahanssd.jpg)
गोपीकृष्ण सिनेमा हल आगामी १ फागुनदेखि बन्द हुने भएको छ ।
गोपीकृष्ण सिनेमा हल आगामी १ फागुनदेखि बन्द हुनेबारे शुक्रबार गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।
कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको राज्यको विद्यमान कर प्रणालीको कारण १ फागुनदेखि हल बन्द गने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गोपीकृष्ण सिनेमा हल २०५२ सालदेखि सञ्चालनमा आएको थियो ।