सकियो चलचित्र ‘डिग्री माइला’को छायांकन
रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सकिएको छ । छायांकन ४५ दिनमा रुम्जाटारमा सकिएको हो ।
ओखलढुंगाको रुम्जाटारबाट पहिलो चरणको छायांकन असोज १ गतेदेखि सुरु गरिएको थियो ।दोस्रो चरणको छायांकन काठमाडौंबाट सुरु गर्दै ओखलढुंगाको रुम्जाटार पुगेर सकिएको हो । बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा भन्छ ।
चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ ।