बागलुङ सेवा समाज युएईले गर्यो समाजका संरक्षक दम्पतीलाई स्वागत तथा सम्मान


यही २१ जनवरी २०२४ आइतबारको दिन बागलुङ सेवा समाज युएईले अन्तरास्ट्रिय बागलुङ सेवा समाजका संरक्षक गङ्गा प्रसाद शर्मा र उहाँकि धर्मपत्नी जमुना गौतम शर्मालाई बरदुबई स्थित कन्चन्जङ्गा रेस्टुरेन्टमा एक समारोहका साथ स्वागत तथा सम्मान गरेको हो ।
बागलुङ सेवा समाज युएईका अध्यक्ष चुडामणि शर्माको सभापतित्वमा रहेको कार्यक्रम समाजका महासचिव खुमराज पौडेलको संचालन र बागलुङ सेवा समाज युएईका संरक्षक रत्न बहादुर बि।क को प्रमुख आथित् मा अगाडि बढेको कार्यक्रममा विशिष्ट अतिथि अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजका संरक्षक गङ्गा प्रसाद शर्मा र उहाकि धर्मपत्नी जमुना गौतम शर्मा साथै अतिथिमा बागलुङ सेवा समाज युएईका उपाध्यक्ष शिब पाठक, समाजका सदस्य हरि सुनार , बागलुङकै महेश पौडेल, पर्बतका कमल सुनार, र दिपेन्द्र रहनु भएको थियो ।
बागलुङ सेवा समाज युएईका अध्यक्ष चुडामणि शर्माले बिस्वभरि छरिएर रहेका बाग्लुङ्गेहरुलाई एउटै मालामा बुन्ने उदेश्य का साथ गठन भएको अन्तर्राष्ट्रिय बागलुङ सेवा समाज जस्तो गरिमामय सस्थाको संरक्षक जस्तो व्यक्तित्वलाई आफ्नो कर्मभुमि युएईमा स्वागत गर्न पाउनु एउटा अवसर हो भन्दै जुन देशमा रहे पनि हामि बाग्लुङ्गे हरु अन्य संघ सस्थालाई भन्दा बागलुङ सेवा समाज मै रहि धेरै समय बागलुङ सेवा समाजबाटै सामाजिक काममा अग्रसर हुनुपर्नेमा जोड दिदै निरन्तर अगाडि बढ्न सम्पुर्ण अन्तर्राष्ट्रिय बागलुङबासि सम्म पुर्याइदिनु हुन अनुरोध गर्नु भएको थियो ।
त्यस्तै सस्थाका संरक्षक रत्न बहादुर बि क ले पनि अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजका संरक्षक तथा सफल व्यवसायीको छोटो युएई भ्रमणले उहाँहरुबाट थप समाज सेवामा लाग्न र धेरै सिक्ने मौका मिलेकोमा खुशी व्यक्त गर्दै आगामि दिनमा कुनै एउटा देशमा अन्तर्राष्ट्रिय बागलुङसेवा समाजले कार्यक्रम गरेर सम्पुर्ण देशमा रहेका बागलुङ सेवा समाजलाई सामाजिक काम गर्न हौसला दिलाउनु पर्नेमा जोड दिनु भयो ।

 

सस्थाका उपाध्यक्ष शिब पाठकले बागलुङेहरुकै अबिभाबक अन्तरास्ट्रिय बागलुङ सेवा समाजका संरक्षक र सफल व्यावसायि जस्तो ब्यक्तिलाई युएईमा स्वागत गर्न पाउनु एउटा सुखद अबसर हो भन्दै उहाले गरेका समाजिक कार्यप्रति बाट थप उत्प्रेरित भएको बताउनु भयो ।
बेल्जियमबाट आउनु भएका अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजका संरक्षक गङ्गा प्रसाद शर्माले अन्य संघ सस्थाहरु सङ्ग भेट्न नपाए पनि आफ्नो भ्रमणलाई छोटाएर भएपनि बागलुङ सेवा समाज युएईका साथिहरुसङ्ग परिचित हुदै आइतबार युएई का केहि प्रमुख ठाउँहरु मरिना स्थित सेभेन स्टार होटल परिसर अवलोकन , फ्युचर म्युजियम, दुबई फ्रेम लगाएत बिभिन्न ठाउँहरुको अवलोकन गर्दा आनन्दीत भएको र यो अबसरको लागि बागलुङ सेवा समज युएई र संरक्षक रत्न बहादुर बि क लाई धन्यबाद प्रकट गर्नु भएको थियो।

साथै युएईमा नेपाली हरुले संचालन गरेका बरदुबई स्थित सयौं ब्यबसाय हरु देख्दा नेपाल मा नै रहएको महसुस पनि रहेको बताउदै खुशि व्यक्त गर्नु हुदै हामि सबैले आफ्नो कामको बाबजुत पनि दिनमा ५ वा दश मिनेट मात्र बागलुङ सेवा समाजलाई सम्झिए पनि केहि गर्न सकिने बताउदै आफुले बागलुङ र बागलुङबासि पिडित हरुको उद्दार लगायत बिभिन्न सामजिक काममा गरेको उदाहरण दिनुहुदै सकेसम्म संभब भएसम्म आफ्नो कमाइ लाई१र१ पैसालाई पनि उद्धमी र ब्यबसाय तर्फ लाग्न कोशिश गर्नुपर्ने बताउनु भयो ।
त्यस्तै उहाँकि धर्मपत्नी जमुना गौतम शर्माले पनि बोल्नु हुदै बेल्जियममा रहेका बिभिन्न संघ सस्थामा आबद्ध हुदै बागलुङ सेवा समाज सङ्ग पनि हातेमालो गर्दै सदा सहयोग र सहकार्य गरिरहेको बताउदै युएई मा आफुहरुको यो सम्मान र स्वागतले आफुहरुलाई अबिस्मरणिय बनाउने बताउनु भयो।
सो औपचारिक कार्यक्रम को समापन गर्दै बागलुंग सेवा समाज य़ूएईका अध्यक्ष चुडामणि शर्माले रात्रीकालिन भोजनको ब्यवस्थापन गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *