पाँच महिनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे साढे १५ अर्ब बढि बीमा सुल्क
चालु आर्थिक वर्षको पाँच महिनामा निर्जीवन बीमा कम्पनीले साढे १५ अर्ब रुपैयाँ भन्दा धेरै बीमा सुल्क आर्जन गरेका छन । सञ्चानमा रहेको १४ निर्जीवन बीमा र दुई लघुबीमा कम्पनीले मंसिर मसान्तसम्म आउँदा १५ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ बीमा सुल्क आर्जन गरेका हुन ।
बीमा कम्पनीले मंसिर महिनमा मात्र ३ अर्ब १७ लाख रुपैयाँ खुद बीमा सुल्क आर्जन गरेका छन । चालु आर्थिक वर्षको पाँच महिनमा निर्जीवन बीमा कम्पनीको जारी बीमालेख संख्या ११ लाख ७२ हजार ४ सय ४७ वटा रहेको छ ।
मंसिर महिनामा मात्र बीमा कम्पनीको जारी बीमालेख २ लाख ७७ हजार ९ सय २३ वटा रहेको बीमा प्राधिकरणले जानकारी दिएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा अर्बभन्दा माथि कुल बीमा सुल्क भएको निर्जीवन बीमा कम्पनीको संख्या ९ वटा रहेको छ । युनाइटेड अजोड इस्योरेन्स कम्पनीको बीमा सुल्क पाँच महिनामा १ अर्ब ७ करोड १२ लाख रुपैयाँ रहेको छ ।
यसैगरी, आइजिआई प्रूडेन्सियलले १ अर्ब ३८ करोड १२ लाख, सगरमाथा लुम्बिनीले १ अर्ब ९९ करोड ९७ लाख र सिद्धार्थ प्रिमियरले १ अर्ब ६५ करोड १९ लाख रुपैयाँ कुल बीमा सुल्क आर्जन गरेका छन । बाँकी ५ निर्जीवन बीमा कम्पनीको कुल बीमा सुल्क करोड रुपैयाँभन्दा माथि रहेको छ ।