जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा पुस १० गते बस्नेछ ।
राष्ट्रियसभामा जसपाले ४ सिट पाउनुपर्ने बताएको छ । तर, गठबन्धन दलहरूबिच भागबन्डा अझै टुङ्गिएको छैन ।
१९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले सिट बाँडफाँड गर्नेछन् ।
राष्ट्रियसभामा एमालेका ९ सांसद, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका ३ (स्वतन्त्र सांसद खिमलाल देवकोटासहित) र जसपाका एक जना सांसदको पदावधि सकिँदै छ ।गठबन्धन दलमा आफ्ना सांसद कायम राखेर नेकपा एमालेका ९ सांसद भागबन्डा मिलाउने तयारी छ । यस्तोमा जसपाको भागमा २ सिट मात्र पर्न सक्ने देखिएको छ ।