गणतन्त्रप्रति ओलीे दृष्टि ‘बयलगाडा चढेर वासिङ्टन पुगिन्न’


पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री ओली पहिलेदेखि नै गणतन्त्रविरोधी रहेको बताएका छन्। उनले निरंकुश ढंगबाट अघि बढेका प्रधानमन्त्री केपी ओलीको समय सकिएको बताएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदमविरुद्ध आज आयोजना गरेको काठमाडौंको सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओली पहिलेदेखि नै गणतन्त्रविरोधी रहेको बताए ।

उनले गणतन्त्र स्थापना गर्ने विषयमा छलफल हुँदा नेता ओलीले ‘बलयगाडा चढेर वासिङ्टन नपुग्ने’ बताएको भन्दै उनले देशमा गणतन्त्र नचाहेको बताए ।

उनले नेपाली कांग्रेसलगायत सबैले यो कदमलाई असंवैधानिक कदम भनेर आन्दोलन घोषणा गरिसकेकाले यो कदम उल्टने बताए ।

अध्यक्ष नेपालले पार्टीको सल्लाहभन्दा स्वेच्छाचारी ढंगबाट अघि बढेको बताए । उनले प्रधानमन्त्री ओलीमा कम्युनिस्टमा हुनुपर्ने गुण र लोकतन्त्रवादीमा हुनुपर्ने गुणहरू नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *