‘आजको आन्दोलन ट्रेलर मात्र हो, आँधीहुरी त आउनै बाँकी छ’ : प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार काठमाडौंमा भएको विरोधसभालाई आन्दोलनको ट्रेलरको संज्ञा दिएका छन्।

२०४६ मदन भण्डारीको एउटा सम्बोधनको सम्झना गर्दै प्रचण्डले यस्तो बताएका हुन्। ‘यो आन्दोलनको सुरुवात मात्र हो। यो आन्दोलन ट्रेलर मात्र हो। आँधीहुरी आउन बाँकी छ’, प्रचण्डले भने, ‘यो आन्दोलन प्रतिगामी कदम नसच्चिएसम्म नरोकिने उनले बताए।’

प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्री केपी ओलीले इतिहासमा कहिल्यै नमेटिने कलंकको टीको लगाएको आरोप प्रचण्डले लगाएका हुन्।

‘केपी ओलीले इतिहासमा कलंकको टीको लगाएका छन्। त्यो कहिल्यै मेटिने छैन’, प्रचण्डले भने, ‘जबसम्म केपी ओलीले लोकतन्त्रमाथि घात गरेँ भनेर पश्चाताप गर्नेछैनन् तबसम्म उनलाई जनताले माफी र क्षमा दिने छैनन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *