‘प्लेयर अफ दि सेन्चुरी’ अवार्डका हकदार रोनाल्डो


इटालियन युभेन्ट्सका पोर्चुगिस फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘ग्लोबो सकर अवार्ड’ अन्तर्गतको ‘प्लेयर अफ दि सेन्चुरी’ अवार्ड जितेका छन् ।

रोनाल्डोले अर्जेन्टिनाका लियोनेल मेसी, ब्राजिलका रोनाल्डिन्हो र इजिप्टका मोहम्मद सालाहलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।यो अवार्डका लागि रोनाल्डोले समर्थकबाट ३८ प्रतिशत मत पाएका थिए । मेसीले २४ प्रतिशत, सालाहले २३ प्रतिशत र रोनाल्डिन्होले १४ प्रतिशत मत प्राप्त गरेका थिए ।

दुबर्ईमा आइतबार राति भएको अवार्ड समारोहमा उनलाई ‘प्लेयर अफ दि सेन्चुरी’ घोषित गर्दै अवार्ड प्रदान गरिएको हो । आयोजकले २००१ देखि २०२० सम्म खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै विजेता छनोट गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *