हरिवंश र दयाहाङलाई लिएर ‘भूठान’बनाउँदै निर्देशक विनोद पौडेल


‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलले अमेरिकामा चलचित्र ‘भूठान’ बनाउने भएका छन् । पौडेलले नयाँ चलचित्रको पोस्टर र नाम सार्वजनिक गरेका छन् ।

नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा कलाकार हरिवंश आचार्य छन् । आचार्यसँगै  दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन तथा विमल सुवेदी अनुवन्धित भएका छन् ।

चलचित्रमा हलिउडका एक लोकप्रिय कलाकारलाई पनि अनुवन्ध गर्न लागिएको तर हलिउडमा चलिरहेको फिल्मकर्मीहरूको आन्दोलन भर्खरै मात्र सकिएकोले केही समयमा टुंगो लाग्ने निर्मातामध्यका एक राजेन्द्र ठकुराठीले बताएका छन् ।

राजेन्द्र ठकुराठी हलिउड सिनेमाका एक प्रख्यात नाम हुन् ।  उनले अस्कर एकेडेमी अवार्डमा छानिएकासहित ५० भन्दा बढी हलिउडका चलचित्रमा सहकार्य गरिसकेका छन् ।

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र जीवन यात्राको कथा समेटेर बन्न लागेको यस चलचित्र ‘भूठान’ सन् २०१९ मा वुसान फिल्म फेस्टिभलको स्क्रिप्ट पिचिङमा समेत छानिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *