रामवरण यादवसँग ट्युसन पढ्ने काम गर्नुहोला : विश्वप्रकाश शर्मा


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादवी भण्डारीलाई पूर्व राष्ट्रपति डा. रामवरण यादवसँग ट्युसन पढ्न आग्रह गरेका छन् ।
उनले प्रतिनिधि सभा विघटन विरुद्को कार्यक्रमलाई कोटेश्वरमा संबोधन गर्दै भने, “यो देशको राष्ट्रपति कस्तो बन्नुपर्छ? सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू,यो देशको संवैधानिक राष्ट्रपति भएर कस्तो काम गर्नुपर्छ भन्ने कुरा ज्ञान लिनका डा. रामवरण यादवसँग ट्युसन पढ्ने काम गर्नुहोला । ट्युसन लिँदा थाहा हुन्छ ।”

देश अहिलेको परिस्थितीमा आउनुमा राष्ट्रपती चौथो दोषी भएको उनको ठहर छ । “पहिलो दोषी केपी शर्मा ओली , दोस्रो प्रचण्ड, तेस्रो दोषी माधव नेपाल र वरियतामा राख्दा सायद गलत होला तर पनि चौथो दोषी राष्ट्रपति विद्यादेवी भण्डारी हो,” प्रवक्ता शर्माले भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *