२ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ ।

यस्तै दुई अर्ब बराबरको ट्रेजरी बिल भने कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो ।
सो बिल भने २०७८ पुस १३ गते परिपक्व हुनेछ । बैंकले यसअघि पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *